

काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेल

काठमाडौं – काठमाडौंको न्युरोडमा एक जना पुरुषको शव फेला परेको छ।
बुधबार बिहान साढे ६ बजे काठमाडौँ महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
बिहान एक जना पुरुष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पछि प्रहरीको टोली खटिएको थियो।
मृतक काठमाडौं महानगरपालिका–१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो।
शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

