भरतपुरमा आजदेखि एसीसहितको विश्राम कक्ष, कर प्रणाली अनलाइनमार्फत


चितवन – भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातावरण अनुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेखी पाँचवटा सेवा सुरु गरिएको हो ।

उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत कर भुक्तानी, अनलाइन दर्ता चलानी सेवा, सेवाग्राहीलाई चिसो तातो पिउने पानी, वातानुकल (एसी) सहितको विश्राम कक्ष बुधबारबाट सञ्चालनमा आएको हो ।

‘सेवाग्राहीलाई केन्द्रमा राखेर गरिएको यस कामलाई सुशासन प्रवद्र्धनको कोणबाट हेर्दा एउटा आशालाग्दो छलाङ मान्न सकिन्छ,’ सेवा सञ्चालनलगत्तै मेयर दाहालले भनेकी छन् ।

प्रतिक्रिया