विद्यालयलाई अभिभावकबाट चन्दा उठाउने बाटो खुला


काठमाडौं – अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ ।

उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो ।

अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूले अभिभावकबाट मासिक रूपमा शुल्क उठाउँदै आएका छन् । यसरी उठाउने शुल्कलाई चन्दा वा सहयोगको नाम दिइन्छ ।

विद्यालयले उठाउने चन्दालाई कार्यविधि वा नियमावली बनाएर उठाउन उच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।

सोमबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोसी थारु र मिलनकुमार राईको इजलासले कार्यविधि वा नियमावली बनाए र चन्दा वा सहयोग रकम उठाउन आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग मासिक रूपमा शुल्क उठाएकाले रोक्न माग गर्दै विद्यालयहरूलाई विपक्षी बनाएर अभिभावक सङ्घ प्रदेश १ ले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया