फर्पिङको जंगलमा एक जोडी मृत फेला


काठमाडौं — काठमाडौंको फर्पिङस्थित जंगलमा दुई जना मृत फेला परेका छन्। सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन्।

मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत फेला पारेको छ। उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले काठमाडौं उपत्यका अनुसन्धान ब्यूरोका एसएसपी बसन्त कुँवरले बताए ।

कुँवरले अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिसकेको पनि बताए ।

उनले भने, ‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ ।’

प्रतिक्रिया