मेसीले पहिलोपटक गरे अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल


काठमाडौं- लियोनल मेसीले पाँच गोल गरेपछि अर्जेन्टिनाले आइतबार राति मैत्रीपूर्ण फुटबल खेलमा इस्टोनियालाई ५–० हराएको छ । मेसीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको यो पहिलोपटक हो।

योसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने चौथो खेलाडी बनेका छन्। स्पेनमा सम्पन्न खेलमा मेसीले पहिलो हाफमै दुई गोल गरेका थिए । पीएसजीका फरवार्ड मेसीले दोस्रो हाफमा थप तीन गोल गरेका हुन्।

मेसीले आठौँ मिनेटमा पेनाल्टीमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा मेसीले अग्रता दोब्बर बनाए । ४७औँ मिनेटमा मेसीले तेस्रो गोल थपे। ७१औँ मिनेटमा चौथो गोल गरेका मेसीले ७६औँ मिनेटमा पाँचौँ गोल गरेका हुन्।

योसँगै मेसीले सिनियर करियरमा पहिलोपटक अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गर्न सफल भएका छन्। यसअघि, मेसीले बार्सिलोनाबाट भने एकै खेलमा पाँच गोल गरेका थिए।

प्रतिक्रिया