

६४ वर्षपछि विश्वकपमा छनोट भयो वेल्स

काठमाडौं। वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ। आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो।
सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन। प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो।वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरेका हुन्। यो गोल नै वेल्सलाई विश्वकप पुर्याउन काफी भयो।
वेल्स ६४ वर्षपछि विश्वकप पुग्न सफल भएसँग युक्रेनको विश्वकप खेल्ने प्रयास भने असफल भएको छ। रुस-युक्रेन युद्धका कारण यी खेलहरू केही ढिला भएका थिए। देशमा युद्धको सामना गरिरहेको युक्रेन छनोटको अन्तिम चरणमा पुगे पनि सफल भएन। विश्वकपमा छनोट भएको वेल्स इंग्ल्याड रहेको समूह बीमा परेको छ। यो समूहमा इंग्ल्याण्डसहित अमेरिका र इरान रहेका छन्।

