

सोमालियामा खडेरीले चरम खाद्यान्न अभाव

मोगादिसु – सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ ।
यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक सङ्कटका साथै खडेरीका कारण पनि खाद्यान्नको अभाव हुँदै गएको पाइएको छ ।
यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट सङ्केतहरू देखिएका राष्ट्रसङ्घीय अधिकारीहरुले बताउँदै आएका थिए ।
जसका कारण यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको छ ।
समालियाको यो अवस्थाका बारेमा सोमालियाली सरकार र राष्ट्रसङ्घीय अधिकारीहरुले शनिबार जानकारी गराएका हुन् ।
उनीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव र नागरिकहरु कुपोषणको सिकार हुने अवस्था रहेको पनि उनीहरुले जनाएका छन् ।
सोमालियामा खाद्यान्न लगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्धारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा समालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ ।

