

पनौतीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनेपा – पनौती-बनेपा सडकखण्डअन्तर्गतको आइटी पार्क नजिकै एक अज्ञात सवारीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ ।
शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङको मृत्यु भएको जनाइएको छ ।
उक्त मोटरसाइकललाई ठक्कर दिने गाडीको अहिलेसम्म पहिचान नभएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । उक्त गाडीको खोजी भइरहेको पनि थापाले बताए ।

