खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएकाे छ ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया