


मेयर बालेनको सक्रियता बढ्दै, बिजुलीको तार व्यवस्थित गर्न घिसिङसँग छलफल

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुलमान घिसिङसँग भेट गरेका छन् ।
भेटका अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग मेयर शाहले महानगरमा अव्यवस्थित बिजुलीका तारहरुलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
भेटघाटका क्रममा उपप्रमुख सुनिता डंगोलका साथै प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
नगरप्रमुखमा पदबहाली गरेलगत्तै बालेनले विभिन्न राजनीतिक दलका नेतृत्व र सरोकार वाला पक्षहरुसँग छलफल गर्दै आएका छन् । मेयर निर्वाचित भएलगत्तै पहिलो प्राथमिकताको रुपमा राखेको फोहोर व्यवस्थापनलाई राखेका बालेनले यससँगै खानेपानी विभाग, सडक विभागलगायतका उच्च पदस्थहरुसँग पनि छलफल गरिरहेको जनाइएको छ ।

