रातो मछिन्द्रनाथको जात्राको अवसरमा भोलि सार्वजनिक बिदा


काठमाडौं – सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात् भोलि (शनिबार) सार्वजनिक बिदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । भोलि शनिबारसमेत परेको छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेको छ ।

उक्त दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

प्रतिक्रिया