

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।
साे विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले याैन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाकाे माग भए पनि याे संविधानविपरीत हुने भएकाले मृत्युदण्डकाे कानुन बनाउन नसकिने बताए ।
यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए

