

पेट्रोलियमको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडौं — सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटेसँगै बढेको गाडी भाडा पनि घटेको छ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेलमा २ प्रतिशत र तराईमा चल्नेमा २।६ प्रतिशत भाडा घटेको छ।
सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।
मूल्यसूचीः

