सुनको भाउ ९०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया