नेपाली भूमिमा एसएसबीको फेरि हस्तक्षेप


धनगढी- कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) ले नेपाली किसानहरूलाई खनजोत गर्न अवरोध गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-१० स्थित सडकघाटमा नेपाली किसानहरूलाई जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीले अवरोध गरेका हुन् ।

आफ्नो नाममा दर्तावाल जमिनमा खेतीपातीका लागि खनजोत गर्न गएका नेपाली किसानहरूलाई भारतीय सुरक्षाकर्मीले डरत्रास देखाउँदै धम्की दिएको बेलौरी नगरपालिका वडा नम्बर-१० का वडाध्यक्ष सोमलाल चौधरीले जानकारी दिए ।

बुधबार ट्याक्टर लिएर खेत जोत्न पुगेका बेलौरी नगरपालिका वडा नम्बर-१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को एक टोलीले खेतमै आएर जोत्न नदिई त्यहाँबाट फर्काइदिएको छ ।

भारतीय सुरक्षाकर्मीहरूले नेपाली किसानहरूलाई बेला–बेलामा डरत्रास देखाउने गरेको स्थानीयको भनाइ छ । भारतीयले गुगलमा नक्सा हेरी यो जमिन त भारतमा पर्छ भनेर अवरोध सिर्जना गर्ने गरेको त्यहाँका किसानहरूको भनाइ छ ।

प्रतिक्रिया