ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु


काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका ७ मा हिजो बेलुकी ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका ८ का ५८ वर्षीय कमला वती भट्ट छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

से १ त ६००६ नम्बरको ट्याक्टरले हिजो बेलुकी पौने ८ बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । ट्याक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया