जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ


काठमाडौं। जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका ३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

यस्तै, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका ५ कैलाशनगर बस्ने ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्री पक्राउ परेका छन् ।

सोही गाउँपालिका ३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया