मेयरमा पराजित कांग्रेस नेता कार्यपालिका सदस्यमा विजयी


काठमाडाैँ- सर्लाहीको बलरा नगरपालिकामा मेयरमा पराजित भएका एक नेता कार्यपालिका सदस्यमा भने विजयी भएका छन्।
गएको स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएका नेपाली कांग्रेसका कौशलकिशोर सिंह राजपुत कार्यपालिका सदस्यमा भने विजयी भएका हुन्।

बुधबार सम्पन्न कार्यपालिका निर्वाचनमा ३९ मत ल्याई सिंह कार्यपालिका सदस्यमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

स्थानीय तह निर्वाचनमा बलराको मेयर, उपमेयर दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। निर्वाचनमा सिंह तेस्रो भएका थिए।

सिंह अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन्। ‘राजपुत’ जातीलाई सरकारले अल्पसंख्यक जातजातीको सूचीमा राखेको छ।

बलरामा कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरेका छन्। कांग्रेस र माओवादीबाट ४/४ जना कार्यपालिका सदस्य चयन भएका छन्।

 

प्रतिक्रिया