लगनखेलबाट जावलाखेलसम्म तानियाे रातो मच्छिन्द्रनाथको रथ


ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलसम्म तानिएको छ । इटी टोलमा रहेको रथलाई आज बुधवार लगनखेल हुँदै जावलाखेलसम्म तानिएको हो ।

रथ तान्ने क्रममा हजारौँको संख्या मानिस जम्मा भएका थिए भने रथ तानुञ्जेल लगनखेल-जावालाखेल सडक प्रभावित भयो । अब यही २१ गते शनिबार भोटो देखाइनेछ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको हो ।

प्रतिक्रिया