
मेयर बालेनको घोषणासँगै सञ्चालनमा आउँदै पूर्वाधार एम्बुलेन्स
काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सुरु हुने भएको छ ।
काठमाडौं महानगरका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाहले घोषणा गरेअनुरुप महानगरले तत्कालका लागि २ वटा पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो ।
तत्कालका लागि महानगरमा रहेका पुराना सवारी साधनलाइ नै एम्बुलेन्सका रूपमा प्रयोग गरिने र यसको प्रभावकारीतालाइ मध्यनजर गर्दै संख्या बढाउँदै लैजाने पनि जनाइएको छ ।
उक्त एम्बुलेन्सले बाटोमा रहेका खाल्डाखुल्डी पुर्नेदेखि लिएर सामान्य ममर्तसम्भारका काम गर्ने जनाइएको छ ।
महानगरका अनुसार सो एम्बुलेन्समा एक इन्जिनियर, दुई जना दक्ष प्राविधिक र अन्य २ जना कर्मचारी रहने जनाइन्छ ।
उक्त पूर्वाधार एम्बुलेन्समा निर्माणका लागि आवश्यक पर्ने निर्माण औजार र सामाग्री पनि रहने जनाएको छ ।
त्यस्तै कार्यपालिकाको पहिलो बैठकको निर्णयअनुसार सञ्चालनमा ल्याउन लागिएको कल सेन्टर आगामी सातादेखि सञ्चालनमा आउने पनि जनाइएको छ ।



कागजपत्र |
