सरकारले गर्‍यो मेलम्ची खानेपानी विकास समिति खारेज


काठमाडौ्ं – सरकारले २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । आर्थिक वर्ष ०७९(८० को बजेट वक्तव्यअनुसार मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज भएको हो ।

यी समितिबाट सम्पादन हुँदै आएका काम खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गरिने भएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको विकल्प खोज्ने भएको छ । मेलम्ची खानेपानीको विकल्पस्वरूप सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट प्रारम्भिक अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।

नगरकोट, दक्षिणकाली, रामकोट र गोदावरी क्षेत्र गरी उपत्यकाका चार दिशामा पानीपोखरीसहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरी यस्ता जलाधारलाई खानेपानी आपूर्तिको वैकल्पिक स्रोतको रूपमा विकाससमेत गरिने भएको छ ।

प्रतिक्रिया