
ब्रिक्स भर्चुअल सम्मेलन : पुटिन, मोदी र सीबीच वार्ता हुने
काठमाडाैं – चीनका राष्ट्रपति सी चिनपिङले जुन महिनामा ब्रिक्स राष्ट्रहरूको भर्चुअल शिखर सम्मेलन आयोजना गर्ने भएका छन् ।
त्यसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिनेछन् । युक्रेन द्वन्द्व शुरू भएपछि पहिलोपटक तीन नेताको कुराकानी हुने भएको हो ।
मे महिनामा ब्रिक्सका परराष्ट्रमन्त्रीहरूको बैठकमा सम्बोधन गर्दै सीले भूराजनीतिक प्रभुत्वको विरोध गरेका थिए । गत अप्रिल महिनामा सीले घोषणा गरेको ग्लोबल सिक्योरिटी इनिसिएटिभको चर्चा भर्चुअल शिखर सम्मेलनमा गरिने अपेक्षा छ । गलवान भिडन्तका विषयमा पनि कुराकानी गरिन सक्छ ।
शिखर सम्मेलन जुन २४ मा हुनेछ । त्यसको दुई दिनपछि जर्मनीमा जी७ को तीन दिने बैठक आयोजना गरिँदैछ ।



कागजपत्र |
