तारा एयर विमान दुर्घटना : सबै यात्रुको शव भेटियो


काठमाडाैं – मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।

फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब माैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।

शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान हुन सकेकाे छैन ।

कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । आईतबार विहान पोखराबाट जोमसोम उढेको उक्त विमानमा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

 

प्रतिक्रिया