तारा एयर दुर्घटनाः ‘शव संकलन गर्दैछौँ, ठाउँ अप्ठ्यारो छ’
पोखरा – पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् ।
जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।
‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’
त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।