सोमबार ५० अङ्कले घट्यो नेप्से


काठमाडौं – सोमबार नेप्से परिसूचक ५०.३३ अङ्कले घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।

प्रतिक्रिया