नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने वालेन्द्रकाे पहिलो निर्णय


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

‘२-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छस छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो,’ साहले भने, ‘फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’

यसअघि उनले एक समारोहमा पदको शपथ लिएका थिए ।

प्रतिक्रिया