

संसद विघटनविरुद्ध कांग्रेस आज देशव्यापी प्रदर्शनमा

काठमाडौँ – प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार (आज) देशव्यापी विरोध कार्यक्रम गर्दैछ । सरकारको संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको हो।
देशभरका ३३० प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति दवाव श्रृजना गरी संसद पुस्थापनाको माग गर्ने भएका छन् ।
आज दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका भनेका छन्-आज ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन! संसद विघटनको असंवैधानिक कदमका विरूद्ध जुटौं , लोकतान्त्रिक संविधान रक्षाका लागि उठौं !

