स्यानेटरी प्याड आयातमा ९० प्रतिशत सहुलियत


काठमाडाैं – आर्थिक वर्ष २०७९– ८० ले, स्यानेटरी प्याडमा लागिरहेको भन्सार महसुलमा ९० प्रतिशत सहुलियत दिने भएको छ।

आगामी आर्थिक वर्ष २०७९–८० वर्षको प्रस्तुत भइरहेको बजेट भाषणमा नेपालमै उत्पादन स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशतको भन्सार महसुल लाग्ने उनले बताए।

यस्तै, सरकारी वा अन्य सार्वजनिक निकायले आयोजना गर्ने स्यानेटरी प्याड सम्बन्धित कार्यक्रममा नेपालमै उत्पादित प्याड अनिवार्य खरिद गर्नु पर्ने व्यवस्थाको जानकारी अर्थ मन्त्री जनार्दन शर्माले दिए।

प्रतिक्रिया