
राष्ट्रपति भण्डारीद्वारा लमजुङ कारागारका आठ कैदीलाई आममाफी
लमजुङ – लमजुङ कारागारमा रहेका आठ जना कैदीलाई आममाफी दिइएको छ । गणतन्त्र दिवसको अवसरमा कैद भुक्तान गरिरहेका ८ कैदीलाई आममाफी दिइएको हो ।
विभिन्न घटनामा सङ्लग्न भई कारगार जेल चलान् भएका कैदलाई सरकारले गणतन्त्र दिवसको अबसरमा आममाफी दिएको हो । आममाफी हुनेमा खड्का बाहादुर कामी ,पुर्णबाहादुर गुरुङ, खड्का बाहादुर तामाङ, प्रकाश बुढाथोकी ,मानबहादुर परियार, सुब्बा परियार, विश्वमित्र घिमिरे र रेखबहादुर थापा रहेका छन् ।
सो अवसरमा ४० र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिइएको हो । कारागारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।
कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका दुई जना, ज्यान मार्ने उद्योगका १ जना, बहुविवाह मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका ४ जना कैदी रहेको लमजुङ कारागारका जेलर सुवास केसीले जानकारी दिए । हाल लमजुङ कागारमा एक सय जना कैदबन्दी रहेका छन् । जसमा ७ जना महिला र ९३ जना पुरुष कैदीबन्दी रहेका छन् ।



कागजपत्र |
