भारतको एक अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु


मुम्बई – भारतको महाराष्ट्र राज्यमा एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु भएको हो ।

शनिबार बिहान सिक न्युबोर्न केयर युनिटमा आगलागी भएको हो । ७ जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको पीटीआईले जनाएको छ । आगलागी भएको स्थानबाट सात शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको बीबीसीले जनाएको छ ।

आगलागीपछिको धूवाँले निसास्सिएर शिशुहरुको मृत्यु भएको बताइएको छ । भण्डारा जिल्लाका एसपी वसन्त जाधवका अनुसार घटनाको खबर हुनेबित्तिकै दमकल पुगेको र प्रशासनिक र प्रहरी अधिकारी मिलेर आगो निभाइएको थियो । घटनाको छानबिन सुरु भएको पनि उनले बताए ।

प्रतिक्रिया