

बजेट भाषणका लागि यसरी संसद् छिरे अर्थमन्त्री शर्मा

काठमाडौं — अर्थमन्त्री जनार्दन शर्मा बजेट ब्रिफकेशसहित संघीय संसद भवन प्रवेश गरी बजेट भाषण सुरु गरेका छन ।
रातो रङको ब्रिफकेस बोकेर संसद भवनमा प्रवेश गरेका अर्थमन्त्री शर्माले केहीबेरमा आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक .(बजेट) संसदमा प्रस्तुत गर्नेछन् ।
उनले संसद छिर्नुअघि सञ्चारकर्मीको अनुरोधमा ब्रिफकेस लिएर सामान्य फोटोशेसन गरेका थिए ।

