

मन्त्रिपरिषद्ले गर्यो बजेट पारित

काठमाडौं – मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ ।
आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ ।
१५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

