

हरिजनको मृत्युबारे छानबिन समिति गठन

कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताए ।

