

आईपीएल : बेंग्लोरलाई हराउँदै राजस्थान फाइनलमा

काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराउँदै राजस्थान रोयल्स फाइनलमा पुगेको छ। शुक्रबारको खेलमा राजस्थानले बेंग्लोरमाथि ७ विकेटको जित हात पारेको हो।
शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेंग्लोरका लागि राजत पाटिदारले ५८ रनको पाली खेलेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर १६१ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
राजस्थानका लागि जोस बटलरले अविजित १०६ रनको पाली खेले।
अब आइतबार हुने फाइनल खेलमा राजस्थानले उपाधिको लागि गुजरात टाइटन्सको सामना गर्नेछ।

