

आईपीएल : लखनऊमाथि बेंग्लोरको जित, फाइनलमा पुग्न राजस्थानसँग खेल्ने

काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको प्ले अफमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्समाथि १४ रनको जित हात पारेको छ।
बुधबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले ४ विकेटको क्षतिमा २०७ रनको विशाल रनको स्कोर खडा गरेको थियो।
बेंग्लोरका लागि रजत पाटिदारले अविजित ११२ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९३ रन मात्र बनाउन सक्यो।
लखनउका लागि केएल राहुलले सर्वाधिक ७९ रन बनाए। त्यस्तै दीपक हुड्डाले ४५ रन बनाए।
यद्यपि यो जितका लागि पर्याप्त हुन सकेन। अब बेंग्लोरले फाइनलमा पुग्न राजस्थान रोल्यससँग प्रतिस्पर्धा गर्नेछ।

