दैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु


दैलेख – दैलेखको आठबीस नगरपालिका-३ सिस्नेमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेख प्रहरीले जनाएकाे छ।

बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया