काठमाडौंमा २० हजार ९६६ मतान्तरसहित बालेनकाे अग्रता


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार ८९० मतसहित फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लाे मत गणना अनुसार शाहले २० हजार ९६६ मतान्तरसहित अग्रता कायम गरेका छन् ।

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३५ हजार ९२४ मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३५ हजार ४०६ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयर पदमा सुनिता डंगोलले ६३ हजार ७८१ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २१ हजार ९६२ मतमात्र पाएका छन् ।

प्रतिक्रिया