पोखरामा गठबन्धनको विजयी सभा आज, रामचन्द्र पौडेलले सम्बोधन गर्ने


काठमाडौं- पोखरामा गठबन्धन दलले आज विजयी सभा आयोजना गर्ने भएको छ । गठबन्धनले आज नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सभा आयोजना गर्न लागेको हो । गठबन्धनका तर्फबाट पोखराका विजयी उमेदवारको धन्यवाद सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन् ।

सभालाई गठबन्धनका जिल्लास्तरका नेताहरूले पनि सम्बोधन गर्नेछन् ।
यस्तै, एमालेले पनि उपप्रमुखसहितको विजयी सभा आज नै आयोजा गर्दैछ । एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेकाअनुसार सभागृहमा सभा हुनेछ ।

पोखरामा महानगरपालिकामा गठबन्धनका तर्फबाट उमेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

प्रतिक्रिया