ललितपुर महानगरको प्रमुखमा चिरिबाबु दोस्रो पटक विजयी


काठमाडौं – ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन विजयी भएका छन् । मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्।

उनी दोश्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् । ८५ हजार ९६५ मत खसेको ललितपुर महानगरमा महर्जन ४२ हजार ७२२ मतका  साथ दोस्रो पटक ललितपुरको नेतृत्वमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याए ।

यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्। शाक्यले २५ हजार ८४ मत ल्याउँदा  बज्राचार्यले १८ हजार ७५२ मत ल्याएका छन् ।

मेयरका उम्मेदवार रहेका राप्रपाका अष्ट महर्जनले ५हजार ५५४ मात्रै मत पाए ।

राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ र कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका स्वतन्त्रका अजरमान जोशीले ७ हजार २९ मत पाए । उमेदवार नै नभएको रुख चिह्नको उपमेयरमा नौ हजार ६२१ मत खसेको थियो ।

 

प्रतिक्रिया