पाँच प्राविधिक सचिवको सरुवा : दुईको सदर, दुईको फेरबदल !


काठमाडौं – सरकारले पाँच प्राविधिक सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती सचिवको सरुवा गरेको हो । सरुवाका क्रममा दुई सचिव सदर भएका छन् भने दुईको फेरबदल भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालय, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरिएको हो ।

त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुशील चन्द्र तिवारीलाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, नेपाल ट्रष्टका सचिव गोपाल सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै भौतिक पूर्वाधारका सचिव रविन्द्र श्रेष्ठलाई राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा गरिएको छ । नेपाल ट्रष्टको कार्यालय भने सचिवविहीन भएको छ ।

 

प्रतिक्रिया