धनगढीबाट प्रधानमन्त्रीको हुँकार- ‘३ करोडमा २ सय ६५ जना मानिस जाँदैमा केही हुँदैन’


धनगढी – प्रतिनिधि सभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार धनगढीमा आयोजित कार्यक्रममार्फत् पश्चिम सेती जलविद्युत् आयोजना बनाउने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विगत लामो समयदेखि रोकिइराखेको पश्चिम सेती जसरी पनि बनाउने बताए । त्यस्तै हुम्लाको सिमकोटमा यही आर्थिक वर्षमै सडक सञ्जालले जोड्ने प्रधानमन्त्रीले दाबी गरे ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले नक्कली राष्ट्रवादीहरुका कारण नेपालमा अहिलेको अवस्था सिर्जना भएको बताए । ‘सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ, यसबाट सबै खुशी हुनुपर्ने बताउँदै कसै–कसैलाई पर्नु पीर परेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘५० वर्षका लागि गणतन्त्रको मैदानमा उत्रने कोही थियो ?’, गणतन्त्र संकटमा छ भन्नेका लागि प्रधानमन्त्रीको प्रश्न थियो ।

पार्टी सकियो भन्नेहरुका लागि प्रधानमन्त्री ओलीले पुनः जीवन शर्माको गीत सापटी लिँदै, ‘पिलो निचोरिँदैमा वजन घटेको हुँदैन, ३ करोड मानिसमा २ सय ६५ मान्छे जाँदैमा पार्टीलाई केही हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘नुहाउँदा पनि २/४ वटा केश झरेर जान्छ के हुन्छ ?’

प्रतिक्रिया