मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित


काठमाडौं – सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

यससँगै आजै दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने भएकी छन् ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जेठ १५ गते नयाँ बजेट आउँदै छ ।

प्रतिक्रिया