
फेरि बढ्यो हवाई भाडा : अधिकतम ४४५ रुपैयाँले वृद्वि, कहाँकाे भाडा कति ?
काठमाडाैं – हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।
सबैभन्दा धेरै काठमाडाैं-धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाडाैं-सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा ११ गते बुधवारदेखि लागू हुनेछ ।
नयाँ दर अनुसार काठमाडाैं-धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ ।
यस्तै काठमाडाैं-नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५, भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नाै हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।



कागजपत्र |
