

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन्। २३ हजार ४ सय ६५ मत ल्याउँदै साह जनकपुरधामको मेयरमा निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ९ हजार ५ सय ३२ मत प्राप्त गरे। गठबन्धनबाट मेयरका उम्मेदाजर बनेका जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह ५ हजार १ सय ९४ मत पाए ।
यता, उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्। उनले १५ हजार ५ सय २५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन्।

