राष्ट्रिय सभा बैठक बस्दै, के छन् एजेन्डा ?


काठमाडौँ – राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो। उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो। बैठकमा संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयतामाथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध जनाएका थिए। उनीहरुले प्रतिनिधिसभा पुनस्स्थापनाको माग गरेका थिए।

यही पुष ५ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसको चारैतिर कडा विरोध भइरहेको छ। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दर्ता भएका छन्। ती रिटहरुको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो ।

प्रतिक्रिया