

ललितपुर महानगर अपडेट: चिरिबाबुको फराकिलो अग्रता, २२ हजार ३५ मतगणना गर्न बाँकी

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ ।
नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।
अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ ।

