
एलन मक्स बने विश्वका सबैभन्दा धनी व्यक्ति
काठमाडौं – इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्लाका सीइओ एलन मक्स विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजासलाई समेत पछि पारेका छन् ।
स्पेस एक्स र टेस्ला कम्पनीका प्रमुख मस्कले पहिलोपटक धनाढ्यको सूचीमा तीन वर्षदेखि लगातार शीर्ष स्थानमा रहँदै आएका अमेजोनका जेफ बेजोसलाई हराएका हुन् ।
उनको विद्युतीय कार कम्पनी टेस्लाको मूल्यमा यो वर्ष लगातार वृद्धि भइरहेको छ । जसको बजार भाउ बुधबार अहिलेसम्मकै उच्च ७०० अर्ब डलर बराबर पुगेको हो । यसले टेस्लालाई अन्य ठूला कार कम्पनीहरु, टोयोटा, फक्सवागन, हुन्डाइ, जीएम, फोर्डलाई मिलाउँदा पनि तिनीहरुभन्दा मूल्यवान् कम्पनी बनाइदिएको छ ।
मक्सको आम्दानी १८८ बिलियन अमेरिकी डलर भन्दा बढी भएको छ । जबकि अमेजनका संस्थापकको आम्दानी १८७ बिलियन अमेरिकी डलर छ । टेस्लाको सेयरमा निरन्तर वृद्धि भैरहेको छ । यो सूचीम ५ सय अर्बपति सामेल छन् ।
बेजास २०१७ का सबैभन्दा धनी व्यक्ति थिए । कोरोना भाइरसका कारण २०२० मा विश्वलाई जति नै अप्ठ्यारो परेपनि एलनका लागि गएको १२ महिना निकै नै शानदार रह्यो ।
२७ सय बिलीयन अमेरिकी डलर सम्पति भएका एलनले यो वर्ष १५० बिलीयन अमेरिकी डलर सम्पति आर्जन गरे ।
पारिवारिक झगडाका कारण बेजास यसवर्ष विश्वकै धनी हुन पाएनन् । परिवारमा भएको झगडाका कारण बेजासले आफ्नो समपतिको केही हिस्सा आफ्नो श्रीमतीलाई दिनुपरेको थियो । उनको श्रीमतीसँग ‘डिभोर्स’ भएको छ । एजेन्सी



कागजपत्र |
