दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त


सोल – दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

उनले पूर्व प्रधानमन्त्री समेत रहेका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनले आफूले भने यही मे १० मा सपथ लिएका थिए । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री भएका थिए ।

उनले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गरेका थिए ।

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उनले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उनले काम गरेका थिए ।

प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।

प्रतिक्रिया