भरतपुर महानगरपालिकामा : रेणु दाहालको अग्रता कायमै, एमालेका सुवेदीभन्दा ४७०२ मतले अगाडि


चितवन- चितवनस्थित भरतपुरमानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

भरतपुरको वडा १ देखि १४ सम्म ६७५०८ मतगणना हुँदा दाहालभन्दा एमालेका विजय सुवेदी ४७०२ मतले पछि परेका छन्। दाहालले २६२५८ मत ल्याउँदा सुवेदीको २१५५६ मत छ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ११४५८ मतले अग्रता बनाइरहेका छन्। उनले २८२०३ मत ल्याएका छन्। राप्रपाकी हिमला गुरूङले भने १६७४५ मत ल्याएकी छन्। भरतपुरको वडा नम्बर १३ मा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नम्बर १४ को अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रतिक्रिया