१३ हजार ३०२ मतान्तरसहित काठमाडाैंमा बालेनकाे अग्रता


काठमाडाैं – काठमाडाैंमा महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार तीन सय दुई मतान्तरसहित अग्रता कायम गरेका छन् ।

अहिलेसम्म ७४ हजार एक सय ९३ मतगणना हुँदा साहले २८ हजार दुई सय ९२ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार नाै सय ९० मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६ सय ५७ मत ल्याएकी छिन्।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनलाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् ।

प्रतिक्रिया